×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

एमालेमा कुन पदमा उम्मेदवारी दिँदा कति लाग्छ शुल्क ?

एमालेमा कुन पदमा उम्मेदवारी दिँदा कति लाग्छ शुल्क ?

काठमाडौं । नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गर्दा लाग्ने शुल्क सार्वजनिक गरिएको छ। काठमाडौँको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत विभिन्न पदका उम्मेदवारले तोकिएको शुल्क बुझाएर उम्मेदवारी दर्ता गर्नुपर्ने व्यवस्था गरिएको हो । 

जसमा केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गर्दा १५ हजार रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै, केन्द्रीय पदाधिकारी पदका उम्मेदवारले १० हजार रुपैयाँ बुझाउनुपर्नेछ।

केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ। यसैगरी, केन्द्रीय आयोग अध्यक्ष पदका लागि १० हजार रुपैयाँ तथा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य पदका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

हाल भृकुटीमण्डपमा एमालेको निर्वाचन प्रक्रिया जारी रहेको छ भने तोकिएका पदमा उम्मेदवारी दिन इच्छुक नेताहरू दर्ता प्रक्रियामा सहभागी भइरहेका छन्।

आज बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। त्यस लगत्तै बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

दरखास्त दर्ता सकिएपछि दिउँसो २ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । प्रारम्भिक नामावली सार्वजनिक भएपछि उम्मेदवारविरुद्ध उजुरी दिने समय दिउँसो २ः३० बजेदेखि ३ बजेसम्म तोकिएको छ । सबै प्रक्रिया पूरा भएपछि आजै साँझ ६ः०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

मतदान पुस १ गते मंगलबार बिहान ११ देखि साँझ ६ बजेसम्म गर्ने कार्यतालिका छ ।
 

प्रतिकृया दिनुहोस्