×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

कैलाली-२ मा नेकपा अगाडि, रास्वपा तेस्रो

कैलाली-२ मा नेकपा अगाडि, रास्वपा तेस्रो

काठमाडौं । कैलाली–२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अग्रता लिएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार उक्त पार्टीका उम्मेदवार नन्दबहादुर साउद ४४१ मतका साथ अगाडि छन् ।

यसअघि नेपाली कांग्रेसका विजयबहादुर स्वारले सुरुवाती अग्रता लिएका थिए । अहिले उनी ४०७ मतका साथ दोस्रो स्थानमा छन् ।

कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल ३७६ मतका साथ तेस्रो स्थानमा छन् । यहाँ नेकपा एमालेका सूर्यबहादुर थापा २९० मतसहित चौथो स्थानमा छन् ।

कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टी, नेपालका उम्मेदवार पतिराम चौधरीले ५० ल्याएका छन् ।

प्रतिकृया दिनुहोस्