×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो । 

आइतबार प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो । सो रेकर्ड आज सोमबार तोडिएको हो ।

यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ सय ८५ रुपैयाँले बढेको छ । यससँगै चाँदी प्रतितोला ५ हजार ८ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो।


 

प्रतिकृया दिनुहोस्