सुन्तला र जुनारको मुल्य बढ्यो, किलोको कति ?काठमाडौं । सुन्तला र जुनारको मुल्य बढेको छ भने सरिफाको घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शुक्रबार यी फलफूलको मूल्यमा घटबढ देखिएको हो ।
आज शुक्रबार जुनारको मुल्य प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ बढेको छ । हिजो बिहीबार जुनार प्रतिकिलो १ सय १० रुपैयाँमा कारोबार भएको थियो । आज प्रतिकिलो १ सय २५ रुपैयाँ कायम छ ।
यस्तै शुक्रबार नेपाली सुन्तलाको पनि मुल्य बढेर प्रतिकिलो १ सय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी आज शुक्रबार सरिफाको मुल्य प्रतिकिलो ३३ रुपैयाँ घटेको छ । हिजो बिहीबार सरिफा प्रतिकिलो थोकमा २ सय २५ रुपैयाँमा कारोबार भएको थियो । आज प्रतिकिलो १ सय ९२ रुपैयाँ कायम छ ।