काठमाडौं । भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ ।
मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । यमुना एक्सप्रेसवेमा ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर आगो लागेको थियो ।
तीनवटा शवको पहिचान भइसकेको र बाँकी जलेको वा आंशिक रूपमा जलेको शवको डीएनए मार्फत पहिचान गरिने जनाइएको छ।