×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

६३ दलले बुझाए समानुपातिकको बन्दसूची, काँग्रेसको अझै बाँकी

६३ दलले बुझाए समानुपातिकको बन्दसूची, काँग्रेसको अझै बाँकी

काठमाडौं । ६३ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ती दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् । 

त्यसरी सूचि बुझाउँनेमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दल रहेका छन् । नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी पुष्पलाल, गतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपालले यसअघिनै सूची बुझाएका थिए ।

त्यस्तै, नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, उन्नत लोकतन्त्र पार्टीसहितले सूची बुझाएका आयोगले जनाएको छ । अब निर्वाचन आयोगमा बन्दसूची बुझाउन नेपाली कांग्रेस मात्रै छ । कांग्रेसले बन्दसूची बुझाएपछि बन्दसूची बुझाउने दलको संख्या ६४ पुग्नेछ । 

सभापति शेरबाहदुर देउवाको हस्ताक्षर गराउन महाराजगन्ज गएका कांग्रेस मुख्यसचिव कृष्ण पौडेल र प्रचारविभाग प्रमुख मीन विश्वकर्मा आयोग फर्किएका छैनन् । आयोग कांग्रेसको बन्दसूची कुरेर बसिरहेको बताइएको छ । 

समानुपातिकतर्फ ६४ दलले उमेदवारी दिए पनि यी दलले ५८ वटा चुनाव चिह्न पाएका छन् । केही दल संयुक्त चुनाव चिह्नबाट निर्वाचन लड्ने भएका छन् । 

प्रतिकृया दिनुहोस्