×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

फागुन २१ को निर्वाचन नलड्ने पम्फा भुसालको घोषणा

फागुन २१ को निर्वाचन नलड्ने पम्फा भुसालको घोषणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले फागुन २१ गते हुने चुनाव नलड्ने घोषणा गरेकी छिन् । नेता  भुसालले आगामी निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेकी हुन् । उनले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा उम्मेदवार नबन्ने जनाएकी छिन् ।

नेता भुसालले आगामी निर्वाचनमा उठने नउठ्ने बारे देशभरिका साथीहरूबाट आएको जिज्ञासालाई स्पष्ट पार्न सो कुरा बताएको स्पष्ट पारेकी छन् ।

माओवादी केन्द्रको उपाध्यक्ष समेत रहेकी नेतृ भुसालले अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याइनुपर्छ भन्ने आफ्नो स्पष्ट धारणा भएको सार्वजनिक गरेकी छन् ।

फागुन २१ मा हुने निर्बाचनमा आफूलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई अस्वीकार गरेको उनले खुलाशा गरेकी हुन् । साथै उनले प्रस्ताव गर्ने सबै साथीहरूलाई धन्यवाद समेत दिएकी छन् ।

नेतृ भुसालले काठमाडौं उपत्यका जस्तो माओवादीको लागि प्रतिकूल बन्दै गएको जटिल भूगोलबाट दुई पटक प्रत्यक्ष चुनाव जितेर सांसद बनेकी हुन् । उनी उर्जा, संचार, सामान्य प्रशासन तथा शान्ति मन्त्रालयको जिम्मेवारी रहेर कुशल भूमिका निर्वाह गरेकी थिइन ।

उनले भनेकी छन् “यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु । म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटकपटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु । अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।”

त्यस्तै उनले यसपटक पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन आफू सक्रिय भूमिका निर्वाह गर्ने पनि स्पष्ट गरेकी छन् । उनको यो कदमको अहिले प्रसंसा गरिएको छ ।


 

प्रतिकृया दिनुहोस्