×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

परराष्ट्रमन्त्रीसँग चीन र मालदिभ्सका राजदूतको भेट

परराष्ट्रमन्त्रीसँग चीन र मालदिभ्सका राजदूतको भेट

काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार परराष्ट्रमन्त्री बालानन्द शर्मासँग शिष्टाचार भेट गरेका छन् । मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल-चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबारै मन्त्री शर्मासँग नेपालका लागि मालदिभ्सका गैरआवासीय राजदूत आइसात अजिमाले पनि शिष्टाचार भेट गरेका थिए । यस अवसरमा द्विदेशीय सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो ।

 

प्रतिकृया दिनुहोस्