×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

मनोरञ्जन

‘परान’ को कमाइ ८ करोड नाघ्यो

‘परान’ को कमाइ ८ करोड नाघ्यो

काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरिरहेको छ । प्रदर्शनको पहिलो साताभन्दा दोस्रो सातामा कमाइ आक्रामक देखिन्छ ।

फिल्मले प्रदर्शनको दोस्रो साता विहिबार राती १२ बजेसम्म सिनेपाः बक्सअफिसमा ७ करोड ४३ लाख रुपैयाँ नेरु ग्रस कमाइ गरेको छ । फिल्मले दर्शकबाट बलियो ‘वर्ड अफ माउथ’को साथ पाएको देखिन्छ ।

आज शुक्रबारमात्र अपरान्ह ३ बजेसम्म फिल्मको कमाइ चलचित्र विकास बोर्डको बक्सअफिसमा ५३ लाख रुपैयाँ ग्रस छ । यसको अर्थ फिल्मले ८ करोड ग्रसको आँकडा छोएको छ ।

आज बेलुकी र रातीका अधिकांश शोमा शतप्रतिशत अकुपेन्सी देखिएकाले फिल्मको कमाइ आज शुक्रबारमात्र ७० देखि ८० लाख पुग्ने प्रक्षेपण गर्न सकिन्छ ।

भोलि शनिबार फिल्मले कूल २३३ शोज पाएको छ । शनिबार पनि दुई तिहाइभन्दा धेरै शोज ८० देखि १०० प्रतिशत अकुपेन्सीसहित हुने देखिन्छ ।

यसको अर्थ फिल्मले तेस्रो सप्ताहन्तमा ९ करोड आसपासमा कमाइ गर्न सक्ने अनुमान गर्न सकिन्छ । यो गति कायम रहे, दीपक आचार्य ‘काकु’ निर्देशित फिल्मको लागि १० करोडको आँकडा टाढा छैन ।

प्रतिकृया दिनुहोस्