काठमाडौं । स्टाफ कलेजको रुपमा सञ्चालन गरिएको मास्टर्स अफ पुलिस साइन्स (एमपीएस) को प्रवेश परीक्षामा १६ प्रहरी नायब उपरीक्षक (डीएसपी) उत्तीर्ण भएका छन् ।
उत्तिर्ण भएकाहरुले सन् २०२६ का लागि स्टाफ कलेज अध्ययन गर्नेछन् । २०७० सालमा प्रहरी निरीक्षक ९इन्स्पेक्टर०मा भर्ना भएका हाल डीएसपी बनेकाहरुले स्टाफ कलेजको प्रवेश परीक्षा दिएका थिए ।
जसमध्ये १६ जना मात्रै उत्तिर्ण भएका हुन् । यस्तै, प्रहरीमा स्टाफ कलेज कोर्स लागु गर्न नहुने भन्दै सर्वोच्चमा पनि २०७० ब्याचका प्रहरीले रिट पनि दायर गरेका छन् ।
नेपाल प्रहरीमा पहिलो पटक २०७० को इन्सपेक्टरबो ब्याचबाट स्टाफ कलेज कोर्स लागू गरिएको छ । स्टाफ कलेज कोर्स पास नगर्नेहरू डीआईजी समेत बन्न नसक्ने जनाइएको छ ।
