×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

एशियाली बजारमा आज पनि गिरावट

एशियाली बजारमा आज पनि गिरावट

काठमाडौँ । मध्यपूर्वमा युद्ध बढेसँगै एशियाली बजारमा गिरावट आउने क्रम रोकिएको छैन । यसले लगानीकर्तामा ऊर्जा आपूर्ति प्रभावित हुने डर बढाएको छ, जसले आयातमा निर्भर रहेका एशियाली अर्थतन्त्रमा ठूलो असर पार्न सक्छ ।

दक्षिण कोरियाको कोस्पी सूचकांक बिहानसम्म १२.३ प्रतिशतले घट्यो, जबकि मंगलबार बन्द हुँदा ७.२ प्रतिशतले घटेको थियो । त्यस्तै जापानको निक्की २२५ सूचकांक ४.७ प्रतिशतले तल झरेको छ भने हङकङको हाङ सेङ सूचकांक ३.१ प्रतिशतले घटेको छ । त्यस्तै ताइवानको टाइइक्स सूचकांक ३.९ प्रतिशतले तल झरेको छ ।

मध्यपूर्वमा ऊर्जा आपूर्ति प्रभावित भएमा एशियाली अर्थतन्त्र बढी संवेदनशील छन्, किनभने धेरै देशले आफ्नो तेलको मुख्य हिस्सा र ग्यासको ठूलो भाग गल्फ क्षेत्रबाट आयात गर्छन् ।

एशियामा कच्चा तेल होर्मुज स्ट्रेटमार्फत जान्छ, जहाँ हाल यातायात सीमित भएको छ । इरानले सो मार्ग बन्दको घोषणा गरेको छ भने अमेरिकाले भने मार्ग खुला रहेको र तेल बोकेका जाहजलाई सुरक्षा प्रदान गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्