×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति

एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति

काठमाडौं । विश्वका धनी व्यक्तिहरूको सूचीमा एलन मस्कले नयाँ कीर्तिमान कायम गरेका छन्। ६०० अर्ब अमेरिकी डलरभन्दा बढी कुल सम्पत्ति भएका उनी इतिहासमै पहिलो व्यक्ति बनेका छन्।

पछिल्लो २४ घन्टामै मस्कको सम्पत्तिमा करिब १६७ अर्ब डलरको उल्लेखनीय वृद्धि देखिएको छ। उनको सम्पत्ति अचानक बढ्नुको मुख्य कारण रकेट निर्माण कम्पनी स्पेसएक्सको मूल्यमा आएको तीव्र उछाल हो। यस वृद्धिसँगै मस्कले विश्वका सबै अर्बपतिलाई धेरै फराकिलो अन्तरले पछि पारेका छन्।

हाल एलन मस्कको कुल सम्पत्ति करिब ६३८ अर्ब डलर पुगेको छ। यसका कारण उनी विश्वका दोस्रो धनी व्यक्ति ल्यारी पेजभन्दा ३७३ अर्ब डलरभन्दा बढीले अगाडि पुगेका छन्।

एलन मस्कको आम्दानी मुख्य रूपमा उनका विभिन्न कम्पनीहरू(टेस्ला, स्पेसएक्स, एक्सएआईलगायतबाट आउने गर्छ। विशेषगरी टेस्ला र स्पेसएक्स उनको सम्पत्तिका प्रमुख स्रोत हुन्। हाल उनीसँग टेस्लाको करिब १३ प्रतिशत र स्पेसएक्सको ४२ प्रतिशत स्वामित्व रहेको छ।

प्रतिकृया दिनुहोस्