×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

इरानमा जारी विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

इरानमा जारी विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं । मानवअधिकारवादी संगठन ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी ९एचआरएएनए० ले इरानमा जारी प्रदर्शनका दौरान ३६ जनाको मृत्यु भएको छ । 

एचआरएएनएले इरानमा विगत १० दिनदेखि जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा पनि ३६ जनाको मृत्यु भइसकेको जनाएको हो ।

इरानभन्दा बाहिर रहेको संगठन एचआरएएनएका अनुसार मृत्यु हुनेमा ३४ प्रदर्शनकारी र दुई जना सुरक्षाकर्मी रहेका छन् ।

इरानी अधिकारीले भने अहिलेसम्म मृत्युको कुनै आधिकारिक आंकडा जारी नगरेको जनाइएको छ । यद्यपि, सुरक्षा बलका तीन जवान मारिएको जनाइएकोा छ । 

 अहिलेसम्म २० जनाको मृत्यु र उनीहरूको सनाखत भएको पुष्टि गरिसकेको छ ।

एचआरएएनएका अनुसार हिंसाका दौरान ६० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । दुई हजार ७६ जनालाई गिरफतार गरिएको छ ।

आर्थिक संकट चुलिन थालेपछि सुरू भएको विरोध प्रदर्शन इरानका ३१ मध्ये २७ प्रान्तहरूमा फैलिसकेको छ ।


 

प्रतिकृया दिनुहोस्