×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

नागरिक समाजको अगुवाइमा गौरमा शान्ति सद्‍भाव र्‍याली

नागरिक समाजको अगुवाइमा गौरमा शान्ति सद्‍भाव र्‍याली

रौतहट । नागरिक समाजको अगुवाइमा गौर-६ सबगढामा शान्ति सद्‍भाव र्‍याली निकालिएको छ । सबगढाको मुख्य सडकबाट सुरु भएको र्‍यालीले प्रभावित गाउँ परिक्रमा गरेको छ ।

गाउँमा शान्ति कायम राख्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तथा प्रशासनसहितको र्‍याली निकालिएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले अहिले बिहान ६ बजेदेखि कर्फ्यु हटाएको छ ।

केही दिनदेखि गौर अशान्त बनेको थियो । दुई समुदायबीचको विवाद चर्किएपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु जारी गरिएको थियो ।

प्रतिकृया दिनुहोस्