×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

दोलखामा ५६ बुक मतपत्र गायब, अझै मतदान सुरु भएन

दोलखामा ५६ बुक मतपत्र गायब, अझै मतदान सुरु भएन

काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलबाट मतपत्र हराएको छ । बिहीबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरु भएपछि मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजे ।

त्यसपछि सुरु भएको विवाद अझै टुङ्गिएको छैन । सर्वदलीय बैठकले मतदान सुरु गर्ने सहमति गरे पनि मतपत्र हराएपछि अझै मतदान सुरु भएको छैन ।

मतदानस्थलबाट ५६ बुक मतपत्र गायब भएको छ । हराएको मतपत्र खोजी भइरहेको दोलखामा निर्वाचन गराउन खटिएका एसएसपी सोमेन्द्र सिंह राठौरले  बताए । आयोगका कर्मचारी र सुरक्षाकर्मीहरूले हराएको मतपत्रलाई मुचुल्का गरेर गणना नगर्ने गरी मतदान सुरु गर्न आग्रह गरे पनि दलका प्रतिनिधिहरुले मानेका छैनन् । विवाद गर्नेहरूमा नेपाली कांग्रेस र एमालेका कार्यकर्ता छन् ।

मतदान सुरु भएको केही समयपछि नै कर्मचारीलाई हातपात गर्न खोजेपछि प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो । 

प्रतिकृया दिनुहोस्