×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

एमाले नेता गौतमद्वारा उपमहासचिव पदको उम्मेदवारी फिर्ता

एमाले नेता गौतमद्वारा उपमहासचिव पदको उम्मेदवारी फिर्ता

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवार बनेका नेता राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका नेता गौतमले आज प्रेस विज्ञप्ति जारी गर्दै उम्मदवारी फिर्ता  लिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको समूहमा नपरेपछि उनले उपमहासचिव पदका लागि स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दिएका थिए ।

खुला केन्द्रीय सदस्य पदका लागि दिएको उनको उम्मेदवारी भने कायमै छ ।  एमालेको नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा आज निर्वाचन हुँदैछ । 
 

प्रतिकृया दिनुहोस्