×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

नेपाली कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति गठन

नेपाली कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको यहाँ जारी दोस्रो विशेष महाधिवेशनको  दोस्रो दिनको बन्दसत्रले वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । 

निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिए ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा जारी विशेष महाधिवेशनप्रति पार्टी संस्थापन पक्षले विमति जनाएको छ । 
 

प्रतिकृया दिनुहोस्