×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

 हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला, २ जना पक्राउ

 हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला, २ जना पक्राउ

काठमाडौं । ललितपुरमा बोरामा प्याक गरेको अवस्थामा शव भेटिएको घटना अनुसन्धानका क्रममा अर्का एक व्यक्तिको पनि हत्या भएको खुलेको छ ।

हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन् । उनको शव आज भक्तपुर र ललितपुरको सिमानामा पर्ने सूर्यविनायक–७ को जंगलमा भेटिएको छ ।

यसअघि २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटमा रहेको एक इनारमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुको शव बोरामा प्याक गरेको अवस्थामा भेटिएको थियो ।

सो घटनाको अनुसन्धानको क्रममा प्रहरीले सुरुमा देवराज ढुंगेललाई पक्राउ गरेको थियो । उनीसँग सोधपुछको क्रममा जयराज अधिकारीको नाम लिएपछि प्रहरीले आज बिहान सिन्धुलीबाट जयराजलाई पनि पक्राउ गरेको छ ।

जयराजले पारुहाङको पनि हत्या गरेको बताएपछि उनले भनेकै ठाउँबाट प्रहरीले शव पारुङको शव फेला पारेको छ ।

उनीहरुले गत मंसिर २४ गते हायुको हत्या गरेका थिए । त्यसको भोलिपल्ट अर्थात मंसिर २५ गत पारुहाङको पनि हत्या गरेका थिए ।

प्रतिकृया दिनुहोस्