×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

कोशी प्रदेश

मधेशका मुख्यमन्त्री नियुक्ति र शपथ विवादको सुनुवाइ भोलि मात्रै हुने

मधेशका मुख्यमन्त्री नियुक्ति र शपथ विवादको सुनुवाइ भोलि मात्रै हुने

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आइतबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । आज हुने भनिएको सुनुवाइ भोलिसम्मका लागि सरेको हो ।

रिटमाथिको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको थियो । अन्तरिम आदेशका सम्बन्धमा आइतबार हुने सुनुवाइ भोलि सोमबार हुने छ ।

पछिल्लो कही समययता अस्थिर रहेको मधेश सरकारमा हाल सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सरकार बनेको छ ।

तर, तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले एमाले दलका नेता यादवलाई महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने बर्दिबास नगरपालिका ३ कालापानीस्थित पानस होटेलमा पुगेर एमाले दलका नेता सरोजकुमार यादवलाईमुख्यमन्त्री पदको शपथ खुवाइन् । त्यसपछि विवाद चर्किएको हो ।

त्यसविरुद्ध मधेश प्रदेशका ७४ सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

प्रतिकृया दिनुहोस्