×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

बैंक/वित्त

एनएमबि बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

एनएमबि बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा डाकेको छ।

बैंकले पुस २४ गते, बिहीबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिकृया दिनुहोस्