काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ७ हजार ४ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १०० रुपैयाँ बढेर प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।