×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विमा

बाढी पहिरोको क्षतिमा ४ अर्बभन्दा बढीको बीमा दाबी, १ करोड ८८ लाख मात्रै भुक्तानी

बाढी पहिरोको क्षतिमा ४ अर्बभन्दा बढीको बीमा दाबी, १ करोड ८८ लाख मात्रै भुक्तानी

काठमाडौं । गत असोज १८ गतेयताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा कुल ४ अर्ब ४ करोड रुपैयाँ प्रारम्भिक दाबी परेकोमा रू। १ करोड ८८ लाख मात्रै भुक्तानी भएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार उक्त अवधिमा भएको क्षतिमा कुल ७८१ ओटा बीमा दाबी परेकोमा हालसम्म ६७ ओटा दाबीको रकम मात्रै भुक्तानी गरिएको हो। 

विभिन्न १३ वटा निर्जीवन बिमा कम्पनी र २ वटा लघु निर्जीवन बिमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, निर्जीवन बिमा कम्पनीहरूबाट सम्पत्ति बिमातर्फ ४१० वटा दाबीको दाबी रकम करिब ३ अर्ब ४५ करोड ३५ लाखमध्ये कूल २० वटा बिमा दाबीको करिव ८३ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०६ वटा बिमा दाबीको करिब ५० करोड ३७ लाखमध्ये कूल ६ वटा दाबीको करिब २ लाख, कृषि तथा बाली बिमातर्फ २१० वटा बिमा दाबीको करिव ४ करोड १४ लाखमध्ये कूल ३१ दाबीको करिव १३ लाख र मोटर बिमा ९निजी० तर्फ ४० वटा बिमा दाबीको करिव ३ करोडमध्ये कूल ९ वटा दाबीको करिव ८७ लाख बीमा दाबी रकम बिमितलाई भुक्तानी भएको छ ।

यसैगरी, सामुद्रिक बिमातर्फ ३ वटा बिमा दाबीको करिव १० लाख बिमा दाबीमध्ये एउटा दाबीको करिव ३ लाख दाबी रकम बिमितलाई भुक्तानी भएको छ भने मोटर बिमा ९सार्वजनिक० तर्फ १० वटा दाबीको करिव १ करोड ८ लाख र लघुबीमातर्फ २ वटा दाबीको करिव १२ लाख दाबी रकम भुक्तानी हुन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस्