×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

प्रधानमन्त्री कार्की मुस्ताङमा

प्रधानमन्त्री कार्की मुस्ताङमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज मुस्ताङ पुगेकीछन् । शुक्रबार मुस्ताङ पुगेकी प्रधानमन्त्री सुशीला कार्कीले हिमाली बस्तीको अवलोकन गरेकी छन् ।

मौसमका कारण हिमालीबस्तीमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रभावित हुन सक्ने चर्चा भइरहेको समयमा प्रधानमन्त्री कार्कीले आज मुस्ताङको भ्रमण गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले २१ फागुनमा एकैपटक चुनाव हुने बताउँदै आइरहेकी छन् । प्रधानमन्त्री कार्कीले मुस्ताङका स्थानीयबासिन्दासँग समेत अन्तरक्रिया गरेकी छन् ।

साथै मुस्ताङका सरकारी अधिकारीहरूसँग पनि चुनावका लागि भइरहेको तयारबारी जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले मुक्तिनाथ मन्दिरको समेत दर्शन गरेकी छन् ।

प्रतिकृया दिनुहोस्