×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

विप्लवको पार्टीको नाम फेरियो, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राख्ने निर्णय

विप्लवको पार्टीको नाम फेरियो, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राख्ने निर्णय

काठमाडौँ । विप्लव नेतृत्वको पार्टीले दलको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राख्ने निर्णय गरेको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टीको नाममा सञ्चालित रहँदै आएको उक्त पार्टीले निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नाममा दल दर्ता गराएको हो ।

पार्टीले मंगलबार आयोगबाट दल दर्ताको प्रमाणपत्र पाइसकेको विप्लवले जानकारी दिए  । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले महासचिव विप्लवलाई दल दर्ताको प्रमाणपत्र दिएका हुन् ।

आयोगले विप्लवको चुनाव चिन्ह गुलाफको फूल दिएको छ । विप्लवले कात्तिक ११ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । 

१० वर्ष माओवादी जनयुद्धमा सहभागी भएका उनी शान्ति प्रक्रियामा आएपछि पहिलो पटक निर्वाचनमा भाग लिन लागेका हुन् । विप्लवले २०७०, २०७४ र २०७९ सालमा भएको निर्वाचन बहिस्कार गरेका थिए । 

एकीकृत जनक्रान्ति असफल भएपछि उनले निर्वाचनलाई क्रान्तिको फरक मोर्चाका रूपमा व्याख्या गरेका छन् ।

प्रतिकृया दिनुहोस्