×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकका लागि ५ एजेन्डा तय, पार्टी कार्यालय पुगे सभापति थापा

कांग्रेस केन्द्रीय समिति बैठकका लागि ५ एजेन्डा तय, पार्टी कार्यालय पुगे सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेन्डा तय भएको छ । ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा केहीबेरपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने ५ एजेन्डा तय गरिएको हो ।

एक केन्द्रीय सदस्यका अनुसार बैठकमा समसामयिक संविधान संसोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औं महाधिवेशन तयारी , उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायत एजेन्डा रहेका छन् ।

कांग्रेस सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुने छन् ।

यसअघि गत शुक्रबारबाट सुरु भएको बैठकमा उनी अनुपस्थित थिए । आइतबार सम्पन्न बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गरेको थियो ।

निर्वाचनमा पार्टीले बेहोरेको लज्जास्पद पराजयपछि दिएको राजीनामा अस्वीकृत भएपछि थापाले फेरि कार्यसमिति बैठक बोलाएका हुन् ।
 

प्रतिकृया दिनुहोस्