×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना

रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मतदान अधिकृत र नेपाल प्रहरीको असई सहितको टोली बोकेको गाडी रामेछापमा दुर्घटना भएको छ । 

सोमबार रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीमा निर्वाचन कर्मचारीको टोली चढेको गाडी दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) भोला भट्टले जानकारी दिए । 

मन्थलीबाट रामेछाप २ र ३ को बुथका लागि निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी देउराली सिरुवारीको भिरमा खसेको जानकारी प्रारम्भिक जानकारी आएको उनको भनाइ थियो ।

उनका अनुसार आगामी निर्वाचनका लागि देउराली मतदान केन्द्रका मतदान अधिकृतसहित प्रहरीको टोली लिएर गाडी रामेछापतर्फ जाँदै गदै दुर्घटना भएको खबर आएको बताए । उनले भने,‘ उद्धारको लागि प्रहरीको टोली अहिले घटना स्थलतर्फ गइरहेकाले थप विवरण आउन बाँकी रहेको छ ।’

प्रतिकृया दिनुहोस्