प्रतिनिधि सभा बैठक दोस्रो पटक १५ मिनेटका लागि स्थगित
असार २४, २०८३काठमाडौँ । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । बुधबार प्रतिनिधि सभा बैठक दोस्रो पटक १५ मिनेटका लागि स्थगित गरिएको हो । बैठक स्थगित हुनुअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले राष्ट्रिय सभामा उत्पति भएको ‘पर्यटन विधेयक, २०८२’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सभाले स्वीकृत गरेको थियो ।
सबै पढ्नुहोस